Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


केएमसीमा बाथरोग विशेषज्ञ डाक्टर खत्रीको सेवा सुरु

एक्सन खबर
जेठ, ९, २०८१


केएमसीमा बाथरोग विशेषज्ञ डाक्टर खत्रीको सेवा सुरु

काठमाडौँ । स्वास्थ्य सेवाका नविनतम विकास र प्रविधिहरु अंगाल्दै मुलुकै उत्कृष्ट मेडिकल कलेज बनेको काठमाडौँ मेडिकल कलेज (केएमसी)ले बाथरोगको विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । बाथरोग विशेषज्ञ डा.प्रविन खत्री नेतृत्वको टोलीले बाथरोगको सेवा सञ्चालन गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट इन्टरनल मेडिसिनमा एमडी गरेका डा.खत्रीले केएमसीमा बाथरोगको विशेषज्ञ सेवा दिन थालेका हुन् । साथै उनले भारतको मेदान्त अस्पतालबाट र्यिुमाटोलोजी र क्लिनिकल इम्युनोलोजी फेलेशिप गरेका छन् ।

‘केएमसीको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि विभिन्न विशेषज्ञहरुको सेवा थप गरिएको छ । डा. खत्री नेपालमै कहिलएको बाथरोग विशेषज्ञ हुनुहुन्छ । अब बाथ रोगका बिरामीहरुले केएमसीमा विशेषज्ञ सेवा लिन सक्नुहुन्छ ।’ केएमसीका जनरल मेनेजर दाहालले भने ।
कस्तो अवस्थामा बाथरोग विशेषज्ञ–इमयुनोलोजिष्टसँग परामर्श लिने ?
–    जोर्नीको दुखाई
–    ढाड दुखेमा–कम्मर दुःखेमा
–    गाउट–युरिक एसिडको समस्या
–    बारम्बार आँखा रातो भएमा
–    फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा
–    बारम्बार लामो समयसम्म ज्वरो आएमा
–    छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा
–    लामो समयदेखि छाला कडा भएमा
–    लामो समयदेखि मांशपेशीमा कमजोरी तथा दुखाई भएमा
–    युवाअवस्थामा पक्षाघात भएमा
–    एलर्जीसम्बन्धी समस्या बारम्बार दोहोरिएमा
–    कम उमेरमा हृदयाघात–मुटुरोग भएमा
–    हड्डी खिइएमा–खोक्रो भइ बारम्बार भाँचिएमा
–    औँलाहरु नीलो भएमा–धेरै कालो भइ कुहिन खोजेमा
–    बारम्बार गर्भपतन भएमा
–    कपाल धेरै झरेमा
–    मुखमा–यौन अंगमा बारम्बार घाउ भएमा
–    मुख तथा आँखामा सुख्खापन भएमा
–    लामो समय देखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा
–    बिना कारण शरीरमा रातो–सेतो रगतको कमी भएमा
–    बिनाकारण शरीरको तौल घटेमा ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनीलकुमार शर्माले केएमसीको ब्यवस्थापन सम्हालेपछि अस्पतालका स्वास्थ्य सेवाहरु सुधारिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुगेर निःशुल्क स्वास्थ्य शिविर मार्फत जनताको सेवा गर्दै आइरहेका डा. शर्माले केएमसीलाई नेपालको नमूना स्वास्थ्य संस्थाका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छन् ।













0 प्रतिकृया