Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर ललितपुरको गोदावरीमा

एक्सन खबर
जेठ, १२, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर ललितपुरको गोदावरीमा

काठमाडौं । गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै जनताको सेवामा सक्रिय नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर ललितपुरको गोदावरीमा पुगेको छ । काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी सम्मिलित डा. शर्माको निःशुल्क स्वास्थ्य शिविर ललितपुरको गोदावरी नगरपालिका वडा नं. ७ मा भएको हो । 

शिविरमा ६२१ जना बिरामीाको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको जनरल मेनेजर दाहालले जनाए । उनका अनुसार शिविरमा १७ जनाको दाँत खोलिएको थियो भने, थप उपचारका लागि २२ जनालाई ओटी रेफर गरिएको छ । 

शिविरमा आँखा रोग, नाक, कान घाँटी, दन्त रोग, स्त्री रोग, जनरल मेडिकल, जनरल सर्जरी, हाडजोर्नी तथा नसा र छाला रोगसम्बन्धी विशशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । शिविर गोदावरी नगरपालिका ७ र ज्येष्ठ नागरिक चौतारी गोदावरी न.पा. १२सँगको सहकार्यमा सञ्चालन गरिएको हो । 

केएमसीका सञ्चालक समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्माले अस्पतालको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउन र जनतालाई सेवा दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । डा. शर्माको समाजसेवा र स्वास्थ्य सेवाबाट लाखौं जनता लाभान्वित भइरहेका छन् । 















0 प्रतिकृया