Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
जेठ, १६, २०८१


काभ्रेको साँगामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत देशभर निःशुल्क स्वास्थ्य सेवाको अभियान चलाईरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ्य शिविर काभ्रेको साँगामा सञ्चालन गरिएको छ ।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ६७८ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, ७५ जनाको ल्याब परीक्षण, १०५ जनाको भिडियो एक्सरे गरिएको छ ।

शिविरमा आएका मध्ये १५ जनाको दाँत खोलिएको तथा ३७ जनालाई थप उपचारका लागि ओटी रेफर समेत गरिएको छ । गम्भिर प्रकारका रोग देखा परेका तथा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने बिरामीलाई रेफर गरिने गरिएको केएमसीका जनरल मेनेजर दाहालको भनाई छ ।

शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिइएको छ । सांसद शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाएका हुन् । साँगको निःशुल्क स्वास्थ्य शिविर सयपत्री बचत तथा ऋण सहकारी संस्था र काठमाडौं सक्रिय युवा समुहसँगको सहकार्यमा आयोजना गरिएको हो ।

















0 प्रतिकृया