Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


सर्वेश्वर शहरी स्वास्थ्य केन्द्रमा एनएमसीको निःशुल्क दन्त शिविर

एक्सन खबर
जेठ, १७, २०८१


सर्वेश्वर शहरी स्वास्थ्य केन्द्रमा एनएमसीको निःशुल्क दन्त शिविर

काठमाडौं । नेपाल मेडिकल कलेज (एनएमसी)ले गोकर्णेश्वर नगरपालिका वडा नं. ६ स्थित सर्वेश्वर शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत कलेज अफ डेण्टल साइन्सेस एण्ड अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

शिविरमा एक सय जनाको निःशुल्क दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा दन्त परीक्षणसँगै दन्त स्वास्थ्य सम्बन्धी सचेतना समेत दिइएको थियो । दाँतको हेरचाह कसरी गर्ने ? दाँत तथा मुखलाई कसरी स्वस्थ राख्ने ? कस्तो खानपान गर्दा दाँत स्वस्थ रहन्छ ? दाँतका रोगहरु केके हुन् ? लगायतका बारेमा सचेतना दिइएको थियो । 

कलेजले आफ्ना स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै लैजाने लक्ष्य लिएर सामाजिक स्वास्थ्य सेवाहरु चलाईरहेको छ । विरगञ्जका सफल मेडिकल व्यवसायी वरिष्ठ सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा कलेजको व्यवस्थापन आएसँगै नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई गुणस्तरीय, दक्ष जनशक्ति युक्त बनाइएको छ । कलेजले केही समय भित्रै अत्याधुनिक नयाँ डेण्टल भवन सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ । 














0 प्रतिकृया