"अब तिमी उसैको भयौ "गीतको म्युजिक भिडियो सार्वजनिक
इटहरी । साहित्यकार राधा सुवेदिकाे स्वरमा ‘अब तिमी उसैको भयौ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साँचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्टरटेन्टमेन्ट युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
इटहरीको पर्यटकीय स्थल तालतलैया, इप्पीलेन्ड लगायतका स्थानहरूमा छायाङ्कनमा गरिएकाे भिडियाेमा भोजपुरी तथा थारू समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी, नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।
भिडियोलाई पूर्वेली न्युजका सञ्चालक सुरेशचन्द्र दाहाल र नागी डान्स सेन्टरका सञ्चालक वसन्त बस्नेतले निर्देशन गरेका छन् भने प्राेडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । दि म्युजिक एरियामा रेकर्डिङ गरिएकाे गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।
साँचाे मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । उक्त गीतले हाल राम्रै बजार पाएको छ भने टिकटक लगायतका सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीत सँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेका गीतकी सर्जक राधा सुवेदी बताउँछिन् ।
0 प्रतिकृया