दक्षिणकालीमा कांग्रेस सांसद शर्माकाे निःशुल्क स्वास्थ्य शिविर
काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको स्वास्थ्य टोलीले दक्षिणकालीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी) को विशेषज्ञ स्वास्थ्य टाेलीले सञ्चालन गरेकाे निःशुल्क स्वास्थ्य शिविरमा ६९३ जना बिरामीकाे स्वास्थ्य जाँच गरिएकाे छ ।
सक्रिय युवा समूह र फर्पिङ सेकेन्डरी स्कुल दक्षिणकाली नगरपालिका वडा ६ को आयोजना तथा केएमसीको प्राविधिक सहयोगमा फर्पिङ सेकेन्डरी स्कुलको विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको थियाे । शिविरमा ६९३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको ईसिजी, ११३ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको छ ।
साथै शिविरमा २७ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । केएमसीकाे नेतृत्व डा. शर्माले सम्हालेपछि गाउँगाउँमा रहेका जनतालाई स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा दिइएकाे छ ।
0 प्रतिकृया