Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


भिमसेनगोलामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरः ५७२ लाभान्वित

एक्सन खबर
जेठ, २९, २०८१


भिमसेनगोलामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरः ५७२ लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ५७२ जना सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा पुरानो बानेश्वर भिमसेनगोला स्थित लोयला सेकेण्डरी स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका स्थानीयले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा ६५ जनाको इसिजी, ७७ जनाको ल्याब परीक्षण, १०३ जनाको भिडियो एक्सरे तथा १७ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरबाट थप उपचारका लागि ३२ जनालाई ओ.टी. रेफर गरिएको छ । रेफर गरिएकाहरुलाई केएमसीको स्वास्थ्य सेवामा छुट समेत दिइने गरिएको छ ।

शिविरमा केएमसीका चिकित्कसहरुले नाक, कान, घाँटी, स्त्री रोग, जनरल मेडिसिन सेवा, दन्त रोग, नसा तथा हाडजोर्नी, बाल रोग लगायतका सेवाहरु दिएका थिए ।

सांसद शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत लामो समयदेखि शहरदेखि दूरदराजका गाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् । आम नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन् भन्ने हेतूले उनले निःशुल्क स्वास्थ्य शिविर चलाइरहेका हुन् ।














0 प्रतिकृया