Follow us:


Follow us

७ कार्तिक २०८३, शुक्रवार
७ कार्तिक २०८३, शुक्रवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट साढे नौ सय बढी लाभान्वित

एक्सन खबर
असार, १, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट साढे नौ सय बढी लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद सुनिल कुमार शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सिन्धुली पुगेको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट साढे नौ सय बढी सर्वसाधारण लाभान्वित भए ।

कारितास नेपालसँगको सहकार्यमा महिन्द्रझ्यागढी प्राथमिक स्वास्थ्य चौकी हरिहरगढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९६३ जनाको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा १०३ जनाको इसिजी, १४७ जनाको ल्याब परीक्षण, १२१ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ३५ जनाको दाँत खोलिएको छ भने, ४३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

शिविरमा केएमसीका स्वास्थ्यकर्मीहरुले नाक कान घाँटी, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, आँखा राेग लगायतका सेवाहरु दिएका थिए । सांसद डाक्टर सुनिल शर्माद्वारा जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।

शिविरबाट अहिलेसम्म देशका सातै प्रदेशबाट लाखौं जनता लाभान्वित भइसकेका छन् । सांसद शर्माले सामाजिक सेवाका रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाइएकोले शिविरलाई निरन्तरता दिइरहने बताएका छन् ।

 















0 प्रतिकृया