Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने ओली सरकारको पहिलो निर्णय

एक्सन खबर
असार, ३१, २०८१


कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने ओली सरकारको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै क्रिकेट रङ्गशालाबारे निर्णय गर्नुभएको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।

यस्तै सरकारले २०८२ साल असार मसान्तसम्म सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ । बैठकले परिवर्तित समयमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ ।



विपद्का घटनामा परेर १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई पनि मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिव (कामू)को जिम्मेवारी दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहने कानूनी व्यवस्था रहेको भए पनि अबको दोस्रो बैठकदेखि २४ घण्टापछि मात्रै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने निर्णय गरेको छ । साथै, तत्कालिन भन्नैपर्ने निर्णय भए मात्रै तत्कालिन सार्वजनिक गर्ने निर्णय भएको छ ।

र, याेपनि

प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरूले लिए पद तथा गाेपनियताकाे सपथ













0 प्रतिकृया