सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर पशुपतिकाे काेटिहाेममा
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर पशुपतिनाथकाे काेटिहाेममा सञ्चालन गरिएकाे छ । काठमाडौं मेडिकल कलेज (केएमसी) बाट खटिएका स्वास्थ्य टोलीले पशुपतिको कोटिहोममा निःशुल्क स्वास्थ्य शिविर गरेको हाे ।
शिविर बुधबारदेखि लगातार श्रावण महिनाभर सञ्चालन हुने केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा सात जना विशेषज्ञ चिकित्सकको टिमले निःशुल्क स्वास्थ्य जाँच गर्नेछन् । साथै, साे अवसरमा चिकित्सकको टोलीले औषधिसमेत निःशुल्क उपलब्ध गराउने छ ।
सांसद डा. शर्माले केएमसीकाे व्यवस्थापन सम्हालेपछि अस्पतालका स्वास्थ्य सेवाहरू प्रभावकारी बनाइएकाे छ, भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । सांसद शर्माकाे निःशुल्क स्वास्थ्य शिविरबाट गरिब, असहाय, विपन्न तथा दुर्गम क्षेत्रका नागरिक बढी लाभान्वित भएका छन् ।
0 प्रतिकृया