Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


शान्ति सेवा गृहमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
साउन, ११, २०८१


शान्ति सेवा गृहमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य टोलीले काठमाडौं तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य जाँच गरेको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकहरुले शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर गरेका हुन् । 

शिविरमा ९३१ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १०३ जनाको भिडियो एक्सरे, ८६ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण गरिएको तथा २७ जनाको दाँत निकालिएको छ । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये ३३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए । 

शिविरमा नाक, कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी सम्बन्धी सेवाहरु दिइएको थियो । केएमसीले सांसद डाक्टर सुनिलकुमार शर्मासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविरहरु चलाउँदै आइरहेको छ । 

शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, असहाय र विपन्न वर्गका नागरिक बढी लाभान्वित भइरहेको सांसद शर्माले बताएका छन् । 
















0 प्रतिकृया