Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


कपनमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
साउन, १४, २०८१




कपनमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर काठमाडौंको कपनमा सञ्चालन गरिएको छ । नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिल शर्माले आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) बाट निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाई रहेका छन् । 

कपनस्थित जोसेफ हाइस्कुलसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६३० जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा १०७ जनाको भिडियो एक्सरे, ६३ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा १५ जनाको दाँत निकालिएको थियो भने, २१ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । 

सांसद शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, दन्त तथा आँखा रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुले सेवा दिने गरेका छन् । शिविरबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, असहाय, बेसहारा बढी लाभाञ्वित भइरहेका छन् । केएमसीले सांसद शर्माको अभियानसँग निरन्तर सहकार्य गर्ने बताएको छ । 















0 प्रतिकृया