केएमसीकाे निरीक्षणमा गृहमन्त्री लेखक (भिडियाे सहित)
एक्सन खबर
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले काठमाडाैं मेडिकल कलेजकाे निरीक्षण गरेका छन् । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को शनिबार गृहमन्त्री लेखकले निरीक्षण गरेका हुन् ।
केएमसीकाे आईसीयूमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न आएका बेला गृहमन्त्री लेखकले केएमसीका अत्याधुनिक प्रविधिहरु क्याथ ल्याब, एमआरआई, सीटी स्क्यान लगायतको निरीक्षण गरेका हुन् ।
केएमसीका अस्पताल प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार गृहमन्त्रीले अस्पतालका सेवाहरू निरीक्षण गर्दै केएमसीले सर्वसुलभ शुल्कमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेकाेकाे प्रशंसा गरे । दाहालका अनुसार साे बखत गृहमन्त्री लेखकले नेपालमै अत्याधुनिक स्वास्थ्य उपकरणहरू देखेर निकै सन्तुष्ट दिलाएको बताएका थिए । दाहालले गृहमन्त्री लेखकलाई अस्पतालबाट प्रदान गरिँदै आएकाे स्वास्थ्य सेवाहरूका बारेमा जानकारी गराएका थिए ।
नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. शर्माले केएमसी लिएसँगै त्यहाँ स्वास्थ्य सेवाका अत्याधुनिक उपकरण र दक्ष जनशक्तिकाे व्यवस्थापन गरिएकाे छ । साथै, उनकै निर्देशमा केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
0 प्रतिकृया