Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरूङ र कार्की नियुक्त

एक्सन खबर
साउन, २०, २०८१


विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरूङ र कार्की नियुक्त

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरूङ र देवेन्द्र कार्की नियुक्त भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीय निर्णयले ओखलढुंगा रूम्जाटार गाउँपालिका–७ का गुरूङ र दोलखा तामाकोशी गाउँपालिका–२ का कार्कीलाई चार वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । 

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्ता मध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । 

ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरूङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो । नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरूङ विद्युत विकास विभागका पूर्वमहानिर्देशक समेत हुन् ।

यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएका थिए । प्राधिकरण सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउँदै उनीहरूकाे स्थानमा कार्की र गुरूङलाई नियुक्त गरिएकाे हाे । 













0 प्रतिकृया