Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सांसद शर्माले दिए खुट्टाले लेखेर एसइई उत्तिर्ण विद्यार्थीलाई ल्यापटप

एक्सन खबर
साउन, २०, २०८१


सांसद शर्माले दिए खुट्टाले लेखेर एसइई उत्तिर्ण विद्यार्थीलाई ल्यापटप

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले खुट्टाले लेखेर ३.३७ जिपिए ल्याएर एसइई उत्तिर्ण हुनुभएका विद्यार्थीलाई ल्यापटप प्रदान गर्नु भएकाे छ । 

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा–४ का लक्ष्मण कँडेलका छोरा १९ वर्षीय ऋषिराम कँडेलले श्रृंगा जनता मावि गुल्मीमा अध्ययन गरि खुट्टाले लेखेरै ३.३७ जिपिए ल्याएर एसइई उत्तीर्ण भएपछि सांसद शर्माले ल्यापटप प्रदान गर्नुभएकाे हाे । 

सांसद शर्माले गुल्मीका सांसद चन्द्र भण्डारीमार्फत ऋषिराम कँडेललाई ल्यापटप प्रदान गर्नु भएकाे हाे । सांसद भण्डारी समक्ष विद्यार्थी कँडेलले उच्च शिक्षा अध्ययनका लागि ल्यापटप चाहिएकाे भनेपछि सांसद भण्डारीले सांसद शर्मालाई आग्रह गर्नुभएकाे थियाे । 

त्यसपछि सांसद शर्माले ऋषिराम कँडेलको उच्च शिक्षामा सहयोग पुगोस भन्ने हेतुले ल्यापटप उपलब्ध गराएका हुन् । सांसद शर्मा स्वास्थ्य क्षेत्र र समाज सेवामार्फत गरिब, विपन्न र असहायकाे सेवामा सकृय रहेका छन् । 














0 प्रतिकृया