Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ’ पूर्वमन्त्री चौधरी

एक्सन खबर
साउन, २८, २०८१


‘ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ’ पूर्वमन्त्री चौधरी

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताउनु भएकाे छ । नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताउनु भएकाे हाे । 

सुनसरी क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता चौधरीले राम्रो काम गर्नेहरूलाई अवसर दिनुपर्ने बताउनु भयाे ।'पार्टीलाई लगानी गर्न सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । लगानी भनेको पैसा मात्रै होइन । समय पनि दिन सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ, पूर्वमन्त्री चौधरीले भन्नुभयाे, 'नेतृत्व पनि हस्तान्तरण गर्दै जाओस् । किनभने गाउँ–गाउँमा नयाँ नेतृत्व स्थापित हुनुपर्छ । एकजना भगबती चौधरी मात्रै नेता बनेर हुँदैन । भगबती चौधरी जस्ता धेरै व्यक्तिहरू उत्पादन हुनुपर्छ ।'

छरिएर रहेका र ग्रासरूटमा रहेका नेतृत्वको पनि खोजी गर्नुपर्ने उहाँको भनाई थियो । तल्लो कमिटीमा छोटो अवधि राख्नुको कारण नै नेतृत्व हस्तान्तरण गर्दै जाने उद्देश्य रहेको नेता चौधरीले बताउनुभयाे । यसैगरी पूर्वमन्त्री चौधरीले महिला, लैङ्गिक समानताको पक्षमा काम गर्न तालिम, प्रशिक्षणको व्यवस्था गरिएको जिकिर गर्नुभयाे । आफू छोटो समय मन्त्री बनेपनि बढी भन्दा बढी महिला, ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने कोशिष गरेको उहाँको भनाई थियो ।

अर्को प्रसङ्गमा मन्त्री चौधरीले स्थानीय क्षेत्रमा पनि पर्यटकीय विकासका निम्ति सबैले पहल गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, 'हामीले पर्यटकीय विकासका निम्ति बजेट, योजना ल्याउँछौँ । तर त्यहाँ गरिए खर्चले प्रतिफल दिनेगरी अन्य आवश्यक कामहरू पनि गर्नुपर्छ । हामीले विभिन्न संरचनाहरू निर्माण गरेका छौँ । ती संरचनाहरूलाई पनि कसरी प्रयोग गर्ने त्यसको लेखाजोखा गर्न आवश्यक छ ।' आफू महिला मन्त्री हुँदा छोरी आत्मनिर्भर कार्यक्रमको अवधारणाले ल्याएको भन्दै उहाँले त्यो कार्यक्रमले छोरी-बुहारीलाई आत्मनिर्भर बनाउने बताउनु भयाे ।

'प्रत्येक वडामा केही गर्न चाहने छोरी-बुहारीहरूका निम्ति २ लाखको दरले बिउ पुँजी दिने । जसलाई तालिम पनि दिने । जसको कारणबाट हाम्रा छोरी-बुहारीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्', पूर्वमन्त्री चौधरीले भन्नुभयाे ।













0 प्रतिकृया