कर्मचारी सञ्चय कोषमा सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीले कर्मचारी सञ्चय कोषमा निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिविरले कोषको प्राङ्गणमा सञ्चालित शिविरबाट ३०४ जनाले सेवा प्राप्त गरेका छन् ।
शिविरमा ९२ जनाको इसिजी, ६८ जनाको भिडियो एक्सरे, ४८ जनाको इको तथा १३२ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये २० जनाको दाँत खोलिएको छ भने, ३० जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरबाट थप उपचारका लागि रेफर गरिएका बिरामीहरुलाई केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरिएको सांसद सुनिल कुमार शर्माले बताउनु भयो । ‘शिक्षा र स्वास्थ्य भनेको निःशुल्क हुनुपर्छ राज्यले यसको जिम्मेवारी लिनुपर्छ । नीजि स्तरबाट पनि स्वास्थ्य क्षेत्रमा केही गरौं भनेर निःशुल्क स्वास्थ्य शिविर चलाइएको हो । यहाँबाट थप उपचारका लागि ओ.टी. रेफर हुनुभएकाहरुलाई केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं ।’ सांसद शर्माले बताउनु भयो ।
शिविरमा जनरल मेडिसिन, नाक कान घाँटी, नशा तथा हाडजोर्नी, सल्यक्रिया, स्त्री रोग, बाल रोग, आँखा रोग, दन्त रोग, मिगौंला रोग सम्बन्धी सेवाहरु दिइएको थियो । कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सको अवसरमा कोषका बर्तमान, पूर्व कर्मचारी र निजका परिवारलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ ।
0 प्रतिकृया