टुँडिखेलको गौरा पर्वमा सांसद सुनिल शर्माद्वारा निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले गौरा पर्वको अवसरमा आयोजित विशेष कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा सांसद शर्माले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु समेतको सहभागीता रहेको गौरा पर्वमा काठमाडौं मेडिकल कलेज र पिपुल्स डेण्डल कलेज र अस्पतालका विशेषज्ञ चिकित्सकहरुले आम सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा सयौं नागरिकले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए भने, निःशुल्क औषधीहरु समेत वितरण गरिएको केएमसीका जनरल मेनेजर तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । ‘सुदुरपश्चिमको लोकप्रिय गौरा पर्वका अवसरमा हज्जारौं नागरिकको सर्वसुलभ रुपमा निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।, साथै निःशुल्क औषधीहरु पनि वितरण गरियो ।’ दाहालले जानकारी दिए ।
शिविरमा १३ जना स्वास्थ्यकर्मीको टोलीले सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए । गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा केएमसी र सांसद शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् ।
स्वास्थ्य शिविर मार्फत नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका सांसद शर्माको अभियानबाट लाखौं नागरिक लाभान्वित भइसकेका छन् ।
0 प्रतिकृया