Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


वीपी जयन्तिमा सांसद सुनिल शर्माद्वारा निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, २४, २०८१


वीपी जयन्तिमा सांसद सुनिल शर्माद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट १५१ जना बिरामी लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीद्वारा गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा दिएका थिए । 

लायन्स क्लब अफ काठमाडौं सँगको सहकार्यमा वि.पी. संग्रहालयमा आयोजित शिविरमा केएमसीका सात जना स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा सुगर तथा प्रेसरको परीक्षणसँगै सामान्य स्वास्थ्य जाँच गरिएको थियो । 

वी.पी. जयन्तिको अवसर पारेर आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । सांसद शर्माले सर्वसाधारणलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् । शिविरबाट हालसम्म लाखौं जनता लाभान्वित भइसकेका छन् । 


















0 प्रतिकृया