Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर मकवानपुरको चलेखमा

एक्सन खबर
भदौ, २९, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर मकवानपुरको चलेखमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य टोलीले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका फाकेल, चलेखमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । इन्द्र सरोवर गाउँपालिका वडा नं. ५ को आयोजना, काठमाडौं सक्रिय युवा समुहको समन्वय र काठमाडौं मेडिकल कलेजका प्राविधिक सहयोगमा निःशुल्क स्वास्य शिविर आयोजना गरिएको थियो । 

शिविरमा ६ सय ४८ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । कालिदेवी माध्यामिक विद्यालय फाकेल ७ मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायले बढी लाभ लिएको दाहालले बताए । 



शिविरमा ११५ जनाको भिडियो एक्सरे, ८४ जनाको इसिजी गरिएको र २९ जनाको दाँत निकालिएको छ । शिविरमा उपचारार्थ आएका ४२ जना बिरामीलाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, नाक कान घाँटी, दन्त रोग, आँखा रोगसँगै सामान्य सल्यक्रियाको सेवा दिइएको थियो । 

गरिब, विपन्न तथा दुर्गम क्षेत्रमा रहेका नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सांसद डा. शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् । शिविरबाट हालसम्म लाखौं नागरिक लाभान्वित भएको केएमसीले जानकारी दिएको छ ।  














0 प्रतिकृया