Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


इन्जिनियर्स एसाेसिएसनको अध्यक्षमा बराल निर्वाचित

एक्सन खबर
भदौ, ३०, २०८१


इन्जिनियर्स एसाेसिएसनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ७२ मतले पराजित गरेका हुन् । उनी नेपाली कांग्रेस निकट सिडेनका उम्मेद्वार हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गरे  । बरालले ४ हजार ८४२ मत पाउँदा पाण्डेले २ हजार ८१० मत मात्र प्राप्त गरे । अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिएका थिए ।अध्यक्षका उम्मेदवार राजेन्द्र हाडाले १३४, रामेश्वरप्रसाद कलवाले १५७, दीपक श्रेष्ठले ३६२, नन्दलाल बन्जाडेले १६४ मत ल्याए । 

यस्तै, सहअध्यक्षमा ७ जना उम्मेदवारी रहेकोमा प्रकाश केसी ४ हजार ४ सय ७१ मतसहित निर्वाचित भए । महासचिवमा ६ जना उम्मेदवार रहेकोमा विनोदप्रकाश पण्डित ४ हजार ६८ मतसहित विजयी भए । उपमहासचिवमा ७ जना उम्मेदवार रहेकोमा अनिल मानन्धर ४ हजार १ सय ३ मतसहित विजयी भए ।

कोषाध्यक्षमा सुमन थापा ३ हजार ८ सय ७४ विजयी हुँदा सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल ४ हजार २ सय ५४ मतसहित विजयी भए । यी दुवै पदका लागि ७/७ जनाको उम्मेदवारी थियो । 

गएराति सम्पन्न निर्वाचन परिणामअनुसार सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियंका गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् । 













0 प्रतिकृया