Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

एक्सन खबर
भदौ, ३१, २०८१


प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

काठमाडाैं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस​​​​ भएका छन् ।​​ सोमबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस​​​​ गरेको हो ।​​

उपसभामुख इन्दिरा रानाले वरिष्ठताको आधारमा प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको बताइन् । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिने भएकाेले राउतलाई सिफारिस गरिएकाे हाे । 

आज सिफारिस भावी प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए ।

न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्‌मा पठाएको थियो । दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।













0 प्रतिकृया