Follow us:


Follow us

६ कार्तिक २०८३, बिहिवार
६ कार्तिक २०८३, बिहिवार


ओखलढुंगाका तीन दर्जन बढी बिरामीको केएमसीमा निःशुल्क अप्रेसन (भिडियाे सहित)

एक्सन खबर
असोज, १, २०८१


ओखलढुंगाका तीन दर्जन बढी बिरामीको केएमसीमा निःशुल्क अप्रेसन (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेजमा ओखलढुंगाका तीन दर्जनबढी बिरामीलाई निःशुल्क अप्रेसन गर्न ल्याइएको छ । ओखलढुंगा, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल सहित ती बिरामीहरु अप्रेसनका लागि केएमसी आइपुगेका हुन् । 

ओखलढुंगाका ती बिरामीहरुलाई औषधी र शल्यक्रियामा लाग्ने उपकरण वाहेक अन्य सबै शुल्क मिनाहा गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । सांसद शर्मा गत बैशाखमा ओखलढुंगा जाँदा त्यस जिल्लामा निःशुल्क स्वास्थ्य शिविर ल्याउन अनुरोध गरिएको थियो । डा. शर्माले तत्काल शिविर ल्याउन नसकेपछि जिल्लाबाट सिफारिस भईआएका बिरामीहरुलाई केएमसीमा निःशुल्क उपचार गरिदिने सिद्धिचरण नगरपालिकासँग सम्झौता भएको थियो । 

केएमसीमा सिद्धिचरण नगरपालिकाको सिफारिसमा आएका बिरामीहरुलाई जस्तोसुकै ठूलो रोगको उपचार गर्नुपरे पनि औषधी र स्वास्थ्य उपकरण वाहेक अन्य शुल्कहरु नलिने प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायण दाहालले बताएका छन् । गम्भिर बिरामी तथा औषधी र शल्यक्रियाका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन नसक्नेहरुका लागि पनि आवश्यक सहयोग गरिने दाहालले जानकारी दिए । केएमसीमा सबै प्रकारको उपचार हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले चाँडै क्यान्सर रोगको पनि उपचार थालिने जानकारी दिए । 


केएमसीमा नयाँनयाँ प्रविधिका स्वास्थ्य उपकरण र दक्ष जनशक्ति रहेको जानकारी दिँदै उनले भने,‘केएमसीमा नेपालका अन्य अस्पतालमा जेजे उपचार हुन्छ त्यो उपचार यहाँ संभव छ, यहाँ संभव नभएको क्यान्सर रोगको उपचारमा उपकरण मगाएका छौं । सरकारलाई निवेदन दिएका छौं । नयाँ टेक्नोलोजी ल्याएर सुपथ शुल्कमा सेवा प्रदान गरिरहेको छ ।’ केएमसीमा रोवटिक सर्जरी देखि मिर्गौला प्रत्यारोपण, मस्तिष्क तथा नसाको गम्भिर शल्यक्रियाहरु हुने गरेको छ । 

कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सांसद डा. शर्माको निःशुल्क स्वास्थ्य शिविर र उपचारको कार्यक्रमले गरिब, विपन्न नागरिकले ठूलो राहत पाएको बताए । सरकारले गर्न नसकेको काम सांसद शर्माले गरेको जनाए । यस्तै, कोशी प्रदेशका सांसद प्रदीप कुमार सुनुवारले पनि सांसद शर्माले गरेको समाजसेवा र स्वास्थ्य सेवाको मुक्तकण्ठले प्रशंसा गर्दै दुरदराजमा रहेका बिरामीले पैसा नभएर उपचार नपाएर मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।  
















0 प्रतिकृया