Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


कलेज अफ डेण्टल साइन्सेस एण्ड अस्पतालद्वारा निःशुल्क दन्त शिविर

एक्सन खबर
असोज, ४, २०८१


कलेज अफ डेण्टल साइन्सेस एण्ड अस्पतालद्वारा निःशुल्क दन्त शिविर

नेपाल मेडिकल कलेजको कलेज अफ डेण्टल साइन्सेस एण्ड अस्पतालले बाल गृहमा आश्रित बालबालिकाहरुको निःशुल्क दन्त परीक्षण गरेको छ । गत मंगलबार कलेजको डेण्टल अस्पतालले अत्तरखेल वडा नं. ८ स्थित बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालमा आश्रित बालबालिकाहरुको दाँतको स्वास्थ्य जाँच गरेको हो । 

बालगृहमा आश्रित ३० जना बालबालिकाको दाँतको स्वास्थ्य जाँच गरिनुको साथै बालबालिकाहरुलाई दाँत र मुखको स्याहार कसरी गर्ने भन्ने बारेमा सचेतना समेत दिइएको थियो । शिविरमा कलेजका दन्त रोग अस्पतालका डाक्टरहरू  अनुष्का शाक्य, सूची काेजू,  सञ्जिला महर्जन, श्रेया मिश्रा, अञ्जुला मल्लले दन्त परीक्षण गर्नुका साथै आश्रित बालबालिकाहरुलाई दाँत तथा मुखको स्याहार सुसार र सरसफाईको बारेमा जानकारी दिएको नेपाल मेडिकल कलेजले जानकारी दिएको छ । 

२०७२ सालमा स्थापना भएको बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालले अनाथ, असहाय र विपन्न बालबालिकाहरुको संरक्षण, स्याहारसुसार गर्दै आइरहेको छ । नेपाल मेडिकल कलेजले सामाजिक उत्तदायित्व अन्तरगत समयसमयमा विभिन्न प्रकारका स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । 



















0 प्रतिकृया