Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सांसद सुनिल शर्माको स्वास्थ्य शिविरमा ११ सय बढीको निःशुल्क उपचार

एक्सन खबर
असोज, ४, २०८१


सांसद सुनिल शर्माको स्वास्थ्य शिविरमा ११ सय बढीको निःशुल्क उपचार

काठमाडौं । सर्लाहीको विभिन्न पालिकाहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका सांसद सुनिलकुमार शर्माले रामपुरमा ११ सय बढी बिरामीको निःशुल्क उपचार तथा स्वास्थ्य जाँच गरेको छ । काठमाडौं मेडिकल कलेज र नोवेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित स्वास्थ्य टोलीले सर्लाहीको रामपुरमा निःशुल्क स्वास्थ्य जाँच गरेको हो । 

शिविरमा ११ सय ५३ जना बिरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा १०५ जनाको इसिजी, १२० जनाको ल्याब परीक्षण, २७५ जनाको भिडियो एक्सरे र १३२ जनाको इको गरिएको छ । 

शिविरबाट १५५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । यसरी रेफर भएका बिरामीहरुलाई केएमसीमा निःशुल्क शल्यक्रिया र नोवेल शिक्षण अस्पतालमा ५० प्रतिशत छुट गरिने छ । सांसद शर्माले दुरदराजमा रहेका गरिब, विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । शिविरमा सो क्षेत्रका 

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका सांसद डा. शर्माले हरेक नागरिकले निःशुल्क स्वास्थ्योपचार पाउनु पर्ने बताउँदै राज्यको भूमिका कमजोर बन्दा नागरिकले सास्ती पाइरहेको बताउनु भयो । शिविर उद्घाटनमा कांग्रेस मधेश प्रदेश संयोजक शर्मिला थापा, पूर्व सभापति लक्ष्मण राय, महासमिति सदस्य शुशिला कार्की लगायतले संवोधन गरेका थिए । 




















0 प्रतिकृया