मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
एक्सन खबर
काठमाडौं । साइबर अपराध सम्बन्धी जाहेरी परेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले आज प्रसाईंलाई उनकै घरबाट पक्राउ गरेकाे हाे । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले प्रसाईंलाई भक्तपुर घरबाट पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको जानकारी दिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरी उनको घरमै गएकोमा उनले घरको गेट नखोलेपछि प्रहरीले कमाउण्ड नाघेर भित्र प्रवेश गरेर नियन्त्रणमा लिएको थियाे ।
प्रसाईंलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राख्न अनुमति दिएकाे छ । अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । यसैविच, प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउँदा उनकाे पक्षमा नाराबाजी गर्ने एक समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
0 प्रतिकृया