Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नु राज्य आतङ्क’ सांसद सुनिलकुमार शर्मा

एक्सन खबर
असोज, ६, २०८१


‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नु राज्य आतङ्क’ सांसद सुनिलकुमार शर्मा

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोमा नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले चर्को विरोध जनाएका छन् । आज दिउसो भक्तपुरको घरबाटै प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो । सांसद शर्माले मेडिकल व्यवसायीलाई पक्राउ गर्नु राज्य आतङ्क भएको भन्दै तत्काल रिहाईको माग पनि गरेका छन् । 

सांसद शर्माले लोकतान्त्रिक व्यवस्थामा सबैले बोल्न पाउने अधिकार रहेको भन्दै सामाजिक अभियान्ता प्रसाईंको पक्राउ अभिव्यक्ति स्वतन्त्रताको हनन भएको पनि जिकीर गरेका छन् । ‘सरकारका गलत कामका विरुद्ध बोल्ने सामाजिक अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नु राज्य आतङ्क हो ।’ सरकारले जनतालाई राम्रो डेलिभरी दिने कार्यमा लाग्नु पर्नेमा उल्टै सामाजिक अभियान्ताहरुलाई थुन्ने काम गर्नु गलत रहेको भन्दै उनले भने । 

सांसद शर्माले सरकारले लोकतन्त्रको घाँटी निमोठ्ने कार्य गरेको बताएका छन् । भने, उनले दुर्गा प्रसाईंले पनि आफ्ना अभिव्यक्तिहरुमा प्रयोग गर्ने शब्द र भाषामा सुधार गर्नुपर्ने बताएका छन् । 

मेडिकल व्ययसायी प्रसाईंलाई प्रहरीले साइबर अपराध सम्बन्धी जाहेरीको आधारमा पक्राउ गरेको जनाएको छ । 

हेर्नुहोस् भिडियो । 















0 प्रतिकृया