मिसन ८४ सफल पार्नेगरी काम गर्न चाैधरीकाे निर्देशन
एक्सन खबर
सुनसरी । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद भगबती चाैधरीले समाजवाद राष्ट्र निर्माण गर्न नेकपा एमालेकाे दुइ तिहाइकाे सरकार अपरिहार्य भएकाे बताउनु भएकाे छ । २०८४ सालकाे निर्वाचनमा नेकपा एमाले एक्लैले दुइ तिहाइकाे बहुमत ल्याएर सरकार गठन गरे ‘सुखी नेपाली समृद्ध नेपाल’काे सपना साकार हुने चाैधरीकाे विस्वास छ ।
नेकपा एमाले दुहवी नगरपालिका वडा नं. १ काे वडा अधिवेशनमा सहभागी हुँदै पूर्वमन्त्री समेत रहनु भएकी नेतृ चाैधरीले २०८४ काे निर्वाचनमा नेकपा एमाले एक्लैले दुइ तिहाइकाे बहुमत हासिल गर्नेगरी काम गर्न नेपाल कार्यकर्ताहरूलाई आब्हान गर्नुभयाे ।
नवगठित कमिटीका सदस्य तथा पदाधिकारीहरुलाई बधाई तथा सुभकामना दिँदै चाैधरीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाको निम्ति एमालेमा गोलबद्द हुन तथा मिसन ८४ सफल पार्ने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिइन् ।
अधिवेशनले अलाउदिन मियाको अध्यक्षतामा सर्वसम्मत २५ सदस्य वडा कमिटि गठन गरेकाे छ । आइतबार आयोजित दोस्रो वडा अधिवेशनले अलाउदिन मियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । हाल २५ सदस्य कमिटी घोषणा गरिएको छ भने ६ जना सदस्य समावेशीताका आधारमा नव गठित कमिटीले मनोनित गर्नेछ ।
कमिटीकाे उपाध्यक्षमा जाबिर हुसैन, सचिवमा नजरुद्धिन, उप सचिव पुरुष तर्फ दिलिप साह, महिला तर्फ लिलम कुमारी विश्वास चयन भएका छन् ।
0 प्रतिकृया