Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सप्तरीको तिलाठी कोइलाडीमा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, ९, २०८१


सप्तरीको तिलाठी कोइलाडीमा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सांसद सुनिल शर्माले सञ्चालन गर्नुभएको निःशुल्क स्वास्थ्य शिविरले सप्तरीको तिलाठी, कोइलाडीमा ९०३ जना बिरामीको निःशुल्क उपचार गरेको छ । काठमाडौं मेडिकल कलेज र नोवेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित स्वास्थ्य शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको हो । 

शिविरमा १७३ जनाको भिडियो एक्सरे, ८३ जनाको इसिजी, ८१ जनाको ल्याब परीक्षण, २३ जनाको इको गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरबाट शल्यक्रियाका लागि ६० जनालाई रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीमा १०० प्रतिशत र नोवेलमा ५० प्रतिशत छुटमा उपचार गर्ने व्यवस्था सांसद डा. शर्माले मिलाएका छन् । 

नेपाली कांग्रेसका सांसद डा. शर्माले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले पूर्वमेची देखि पश्चिम महाकालीसम्म निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहनु भएको छ ।
















0 प्रतिकृया