Follow us:


Follow us

६ कार्तिक २०८३, बिहिवार
६ कार्तिक २०८३, बिहिवार


विश्व मुटु दिवसः नेपालमा जनसंख्याकाे २५ प्रतिशत जनतालाई मुटु राेग

एक्सन खबर
असोज, १३, २०८१


विश्व मुटु दिवसः नेपालमा जनसंख्याकाे २५ प्रतिशत जनतालाई मुटु राेग

काठमाडौं । आज सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान अनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाखलाई मुटुरोग छ ।

मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो ।  

विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ ।  

प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ ।  

धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ । चिकित्सकहरूले वर्षकाे एक पटक मुटुकाे जाँच गराउन सुझाउँछन् । 

खानपिन र जीवनशैलीमा सुधार ल्याए ८० प्रतिशत भन्दाबढी मुटु र रक्तनली सम्बन्धी रोगहरुबाट बच्न सकिने मुटु राेग विशेषज्ञ डाक्टर ओम मुर्ति अनिल बताउनु हुन्छ । मुटुरोगले समस्त मानवजातिलाई नै आफ्नो चपेटामा लिराखेको बेलामा, खानपिन र जीवनशैलीमा सुधार ल्याउनुलाई नै यो रोगको रोकथामको सर्वोत्तम उपाय हाे । 













0 प्रतिकृया