Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


विश्व मुटु दिवसः नेपालमा जनसंख्याकाे २५ प्रतिशत जनतालाई मुटु राेग

एक्सन खबर
असोज, १३, २०८१


विश्व मुटु दिवसः नेपालमा जनसंख्याकाे २५ प्रतिशत जनतालाई मुटु राेग

काठमाडौं । आज सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान अनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाखलाई मुटुरोग छ ।

मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो ।  

विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ ।  

प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ ।  

धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ । चिकित्सकहरूले वर्षकाे एक पटक मुटुकाे जाँच गराउन सुझाउँछन् । 

खानपिन र जीवनशैलीमा सुधार ल्याए ८० प्रतिशत भन्दाबढी मुटु र रक्तनली सम्बन्धी रोगहरुबाट बच्न सकिने मुटु राेग विशेषज्ञ डाक्टर ओम मुर्ति अनिल बताउनु हुन्छ । मुटुरोगले समस्त मानवजातिलाई नै आफ्नो चपेटामा लिराखेको बेलामा, खानपिन र जीवनशैलीमा सुधार ल्याउनुलाई नै यो रोगको रोकथामको सर्वोत्तम उपाय हाे । 













0 प्रतिकृया