Follow us:


Follow us

२४ जेठ २०८३, आइतवार
२४ जेठ २०८३, आइतवार


बाढीपहिरोबाट देशभर एक सय ४८ को मृत्यु, ५५ जना अझै वेपत्ता

एक्सन खबर
असोज, १३, २०८१


बाढीपहिरोबाट देशभर एक सय ४८ को मृत्यु, ५५ जना अझै वेपत्ता

काठमाडाैं । असाेज ११ गतेदेखि परेकाे अबिरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार तीन दिनमा एक सय ४८ काे मृत्युहुँदा ५५ जना बेपत्ता भएका छन् । 

विपद्मा परी एक सय एकजना घाइते भएकाे मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका छन् । 

यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको छ । 

बाढीपहिराेले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । बाढी पहिराेबाट बेपत्ता भएका नागरिककाे उद्दार तथा खाेजीका लागि नेपाल प्रहरी, सशष्त्र प्रहरी, नेपाली सेना समेत परिचालित छन् । 















0 प्रतिकृया