Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर चाँगुनारायणमा

एक्सन खबर
असोज, १६, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर चाँगुनारायणमा

काठमाडौं । सांसद सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट भक्तपुर चाँगुनारायणमा ४५८ जना बिरामी लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट चाँगुनारायण नगरपालिका वडा नं. २ का स्थानीयबासी लाभान्वित भएका हुन् । 

शिविरमा ४८ जनाको भिडियो एक्सरे, ४५ जनाको इसिजी, ६८ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा १८ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट थप ओ.टीका लागि ३८ जनालाई केएमसी रेफर गरिएको छ । 

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्चालन गरिएको शिविरमा बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नाक कान घाँटी, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । 

सांसद डाक्टर शर्माले सर्वसाधारका लागि घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउने हेतूले स्वास्थ्य शिविरको थालनी गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन भइरहेको निःशुल्क स्वास्थ्य शिविरबाट दूरदराजमा नागरिकदेखि शहरी क्षेत्रका गरिब, विपन्न र असहाय नागरिक बढी लाभान्वित हुने गरेका छन् । 















0 प्रतिकृया