Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी

एक्सन खबर
असोज, १९, २०८१


आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी

सुनसरी । पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि छुट्टै मन्त्रालय आवश्यक हुने बताउनु भएकाे छ । उराव आदिवासी जनजातिको प्राकृतिक पर्व 'करम पूजा समारोह-२०८१' को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथिमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएकाे हाे । 

राज्यले आदिवासी जनजाति तथा पछाडि परेका वर्गको संरक्षण गर्नुपर्ने भन्दै उहाँले उनीहरूको संरक्षण र विकासका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने जिकिर गर्नुभयाे । आदिवासी जनजाति समुदायको अधिकार संविधानले पनि सुरक्षित गरेको भन्दै पूर्वमन्त्री चाैधरीले संविधान, कानूनले दिएका अधिकार कार्यान्वयन गराउनका निम्ति लाग्नुपर्ने बताउनु भयाे । 

शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सँगै सांस्कृतिक संरक्षणका लागि पनि राज्यले भूमिका निर्वाह गर्नुपर्ने उहाँकाे भनाइ छ । पूर्वमन्त्री चौधरीले सबैको प्रतिनिधित्व हुनेगरी समुदायको विकासका लागि काम गर्न समेत उराव समुदायका अगुवालाई आग्रह गर्नुभयाे । 

नेपालमा सूचिकृत ५९ जातजाति रहेको भन्दै उनले राष्ट्रिय तथ्याङ्कले १२५ जातजाति देखाएको बताउँदै एमाले नेतृ चाैधरीले बहुसंस्कृति भएको मुलुक नेपालमा आदिवासी जनजातिको जनसंख्या ३८ प्रतिशत रहेको बताउँदै उनीहरूको संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयाे । 'भूमिपुत्रले प्रकृतिको पूजा गर्ने गरेका छन् । उनीहरूको सांस्कृतिक पर्वहरूको पनि संरक्षण गर्दै जानुपर्छ', उहाँले भन्नुभयाे, 'विश्वभरका आदिवासी जनजातिहरूले प्रकृतिको पूजा गर्ने गरेका छन् । अन्नबाली लगाउने बेलामा र भित्र्याउने बेलामा पनि प्रकृतिको पूजा गर्ने गर्छन् । त्यो विश्वभर एउटै रहेछ ।'

अस्ट्रेलिया, बोलिभिया लगायतका देशको भ्रमणमा जाँदा आदिवासी जनजातिको संस्कृतिको अध्ययन/अवलोकन गर्न पाएको स्मरण गर्दै उहाँले आदिवासी जनजातिहरूको संस्कृति विश्वमै धनी रहेको उल्लेख गर्नुभयाे ।














0 प्रतिकृया