Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सांसद सुनिल शर्माद्वारा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा

एक्सन खबर
असोज, २०, २०८१


सांसद सुनिल शर्माद्वारा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा

काठमाडौं । सांसद सुनिलकुमार शर्माले मोरङको उर्लाबारी नगरपालिकाको एक बाल गृहमा आश्रित बालबालिकाहरुको निःशुल्क उपचार तथा स्वास्थ्य बीमाको ब्यवस्था गरिदिने घोषणा गर्नुभएको छ । मोरङ उर्लावारी नगरपालिका वडा नं. ७ को नमुना वालगृहमा पुगेर सांसद डाक्टर शर्माले त्यहाँ आश्रित बालबालिकाहरुको १ वर्षका लगि निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने व्यवस्था गर्नुभएको हो । 

समाजसेवी मिना बरालले सुदुरपश्चिम, कर्णाली देखि देशका विभिन्न ठाउँहरुबाट अनाथ, असहाय बालबालिकाहरु ल्याएर नमुना बाल गृहमा बालबालिकाहरुको गास, बास, कपास, शिक्षा लगायतको व्यवस्था सहित सञ्चालन गरिरहनु भएको थियो । बाल गृहमा आश्रित बालबालिकाको स्वास्थ्य उपचारका केही टेवा पुगोस् भन्ने हेतूले प्रतिनिधि सभा सांसद शर्माले निःशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य बीमाको व्यवस्था गरिदिनु भएको हो । 

उहाँले बाल गृहमा आश्रित सम्पूर्ण बालबालिकाहरुको नोवेल मेडिकल कलेज विराटनगरमा र काठमाडौं मेडिकल कलेज, काठमाडौंमा एक वर्षका लागि निःशु्ल्क स्वाथ्य उपचारको व्यवस्था मिलाउनु भएको छ । सांसद शर्मा नेपाली कांग्रेस मोरङका सभापति एवम् पुर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, कोशी प्रदेशसभा सदस्य शोभा पालुङ्वासहित  बाल गृह पुगेर उनिहरुको एक वर्षका लागि निःशुल्क स्वाथ्य उपचारको व्यवस्था गरिने र स्वास्थ्य बीमा समेत गराइदिने प्रतिवद्धता गर्नु भएको थियो । 

सांसद शर्माले नाेवेल मेडिकल कलेज र काठमाडाैं मेडिकल कलेज मार्फत गरिब, असहाय, विपन्न् तथा स्वास्थ्य उपचारबाट बञ्चित नागरिककाे लागि देशभर निःशुल्क स्वास्थ्य उपचार गर्दै आइरहनु भएकाे छ । उहाँकाे समाजसेवा र स्वास्थ्य सेवाबाट हालसम्म देशभरका लाखाैं गरिब, विपन्न र असहाय नागरिक लाभान्वित भइसकेका छन् । 
















0 प्रतिकृया