Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


नवरात्रकाे चाैथाे दिन कुष्माण्डा देवीको पूजा, कुभिन्डाेकाे बली

एक्सन खबर
असोज, २०, २०८१


नवरात्रकाे चाैथाे दिन कुष्माण्डा देवीको पूजा, कुभिन्डाेकाे बली

काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीको दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । कुष्माण्डा देवीकाे प्रतिकका रूपमा कुभिन्डाेकाे बलि दिइन्छ । शक्तिपिठहरूमा आज विधिपुर्वक पुजाआजा गरि कुभिन्डाेकाे बलि दिइएकाे छ ।

आजपनि देशभरका विभिन्न शक्तिपीठहरूमा देवी भगवतीकाे दर्शन गर्न दर्शनार्थीकाे भीड लागेकाे छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत जस्ता देवी स्तोत्र पाठ गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो ।

विभिन्न पुराणका अनुसार देवी कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्छिन् । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नवरात्रका अवसरमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । 













0 प्रतिकृया