Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


आज विजया दशमी: मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरिँदै

एक्सन खबर
असोज, २६, २०८१




आज विजया दशमी: मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरिँदै

काठमाडाैं । आज बडा दशैं अर्थात् दशैंकाे महत्वपूर्ण दिन । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।

यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ । याे वर्षकाे दसैंको टिकाको उत्तम साइत बिहान ११:३६ बजे रहेकाे रहेको छ । पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको उत्तम साइत ११:३६ बजे रहेको जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ ।

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत भएकाले पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । 

आज घरपरिवारका मान्यजन हजुरबा, हजुरआमा, बुबा, आमा तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद ग्रहण गरी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा दिइने मन्त्रः 

 आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 

 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

महिलाका लागि

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।














0 प्रतिकृया