दशैंको रौनकले छाेएन सांसद सुनिल शर्मालाई, टिकाकाे दिनपनि जनताको सेवामा
एक्सन खबर
विराटनगर । देशभर दशैंको रौनक छ । सबैले मिठो मसिनो चाडबाड मनाइरहेका छन् । कोहि दशैंको बिदा मनाउन गाउँ पसेका छन् त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन् । अझ विभिन्न दलका नेताहरु त बिदेेश सयरमा समेत छन् । तर, चाडबाडकाे राैनककाे बेलामा नेपाली कांग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको सेवामै समर्पित छन् । उनी जता पुग्छन् त्यतै जन सेवामा समर्पित हुने गरेको कतिपयको भनाइ छ ।
दशैं मनाउन आफ्नो गृह जिल्ला मोरङ पुगेका शर्माले परिवार सँगको रमाइलो होइन जनताको सेवा रोजे । जनताको खबर बुझ्ने र दुखः परेकालाई सहयोग गर्ने उनको दिनचर्या बन्यो । उनले दशैंको टिकाको दिन समेत आराम गरेनन् । बरु जनताको समस्या बुझ्दै पुगे बबिता सरदार कहाँ ।
शर्माले ३ महिनादेखि खुट्टामा घाउ भएर थलीएकी मोरङ क्षेत्र नं ३- सुन्दरहरैचा -१ बस्ने बबिता सरदारको पीडा हेर्न सकेनन् र प्रण गरे उनको सम्पुर्ण उपचार खर्च र औषधीको जिम्मा लिने । उनले सम्पुर्ण उपचार खर्चको जिम्मा लिने आश्वासन मात्रै दिएनन्, तुरुन्तै एम्बुलेन्स पनि बोलाए । तर, एम्बुलेन्स आउन समय लाग्ने भएपछी सांसद शर्मा स्वयम्ले बिरामीलाई आफ्नै गाडीमा राखेर अस्पताल समेत पुर्याए ।
आर्थिक अभाबका कारण खुट्टाकाे उपचार गर्न नसकेकी बबिता सरदारलाई दशैंकाे टिकाकै दिन अस्पताल पुर्याएपछि सांसद शर्माकाे समाजसेवा र दिनदुःखीकाे सेवाकाे झनै प्रशंसा भएकाे छ ।
बबिता सरदर एक प्रतिनिधि पात्र मात्रै हुन् । मोरङ ३ का हरेक अशक्त र असहायका लागि डा. सुनिल शर्मा फरिस्ता बनेर आएका छन् । त्यसैले त्यहाँका जनताले उनलाई आदर र सम्मान गर्ने गरेका छन् । उनिहरु भन्छन् ‘हामीले भगवान देखेका छैनौं, हाम्रा लागि सुनिल शर्मा नै भगवानको रुप हो ।’
सांसद शर्माले आफ्नाे क्षेत्रका जनताका लागि मात्र नभएर देशका दूरदराजमा रहेका जनताका लागि पनि काम गरेका छन् । विगत लामाे समयदेखि नाेवेल मेडिकल कलेज, काठमाडाैं मेडिकल कलेजसँगकाे सहकार्यमा डा. शर्माले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याएर गरिब, असहाय, विपन्न, दलित, अल्पसंख्यक समुदायका नागरिककाे निःशुल्क स्वास्थ्याेपचार गरिरहेका छन् ।
0 प्रतिकृया