Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


काभ्रेकाे राेशी ८ मा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर, ४६८ जनाकाे उपचार

एक्सन खबर
कार्तिक, १३, २०८१


काभ्रेकाे राेशी ८ मा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर, ४६८ जनाकाे उपचार

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर टाेलीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोली सम्मिलित शिविरले ४६८ जना बिरामीकाे उपचार गरेकाे छ । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार ग्रेस नेपाल रोशी ३ को आयोजनामा इन्द्रोदय आधारभूत विद्यालयको प्राङ्गणमा भएको शिविरमा ४६८ बिरामीको उपचार गरिएको छ । 

शिविरमा ६७ जनाको ल्याब परीक्षण, ४८ जनाको ईसीजी, ६२ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रबन्धक दाहालले जानकारी दिए । उक्त शिविरबाट ४३ जनालाई थप उपचार र शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । 

नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. शर्माले जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । निःशुल्क स्वास्थ्य शिविरबाट दुुरदराजमा रहेका गरिब, विपन्न, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् । 














0 प्रतिकृया