Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


काभ्रेकाे कामीडाँडामा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
कार्तिक, २१, २०८१


काभ्रेकाे कामीडाँडामा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको निःशुल्क स्वास्थ्य शिविरले काभ्रेपलाञ्चोकको कामीडाँडामा निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गर्दा ४ सय ६७ जना लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी)का डाक्टरहरूद्वारा शिविरमा स्थानीय जनताकाे स्वास्थ्य जाँच गरिएकाे थियाे । 

ग्रेस नेपाल रोशी ३ को आयोजनामा बाल उन्नति प्रावि गोलगाउँ बेथानचोक–६ मा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ६९ जनाको ल्याब परीक्षण, ५८ जनाको ईसीजी, ७६ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयाे । शिविरबाट थप उपचार र शल्यक्रियाका लागि ४८ जनालाई केएमसी रिफर गरिएको छ । काठमाडौँ मेडिकल कलेजमा रेफर भएका बिरामीहरूको निःशुल्क उपचार हुने व्यवस्था मिलाइएकाे छ । 

सांसद शर्माले दुरदराजमा रहेका गरिब, विपन्न नागरिकले स्थानीय स्तरमै विशेषज्ञ डाक्टरकाे सेवा पाउन भन्ने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएकाे हाे । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकले नाक कान घाँटी, जनरल मेडिसिन, स्त्री राेग, बाल  राेग, नसा तथा हाडजाेर्नी,  दन्त राेग, आँखा राेग लगायतकाे स्वास्थ्य जाँच गराएका थिए । 













0 प्रतिकृया