Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कमा नयाँ नेतृत्व

एक्सन खबर
कार्तिक, २७, २०८१


नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कमा नयाँ नेतृत्व

काठमाडाैं । नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा इन्जिनियर लोचनलाल अमात्य निर्वाचित भएका छन् । नेटवर्कको राजधानीमा सम्पन्न १८ औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले अमात्यलाइ अध्यक्षमा निर्वाचित गरेकाे हाे । 

मंगलबार सम्पन्न नवाैं अधिवेशनले नेटवर्ककाे उपाध्यक्षमा प्रा.डा. सुवर्ण शाक्य, महासचिवमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा राेलिसा स्थापित निर्वाचित भएका छन् । नेटवर्ककाे सदस्यहरूमा डा.भुषणराज श्रेष्ठ, इन्डिविर बडाल, प्रा. विरोध रिजाल, प्रा. सरोज धिताल, रोमकान्त पाण्डे (त्रिभुवन विश्वविद्यालय), डा.नमराज धामी (पोखरा विश्वविद्यालय) र मनोज शाक्य (काठमाडौँ विश्वविद्यालय) रहेका छन् ।

वार्षिक साधरण सभाकाे प्रमुख अतिथी पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह रहनु भएकाे थियाे । साे अवसरमा बाेल्दै पूर्वमन्त्री साहले नेपालमा शिक्षा र अनुसन्धानका क्षेत्रमा धेरै नै कामहरू गर्न अत्यावश्यक रहेकाे बताउँदै राज्यले पनि समुचित लगानी गर्नुपर्ने, अनुसन्धानकर्ताहरूका लागि प्राेत्साहन, अवसर दिनुपर्ने लगायतका बारेमा बाेल्नुभयाे । 













0 प्रतिकृया