Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेकको सहायक प्राचार्यमा मोहनध्वज केसी

एक्सन खबर
कार्तिक, २९, २०८१


नेकको सहायक प्राचार्यमा मोहनध्वज केसी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त हुनुभएको छ । कलेज सञ्चालक समितिको बुधबार बसेको बैठकले सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक केसीलाई सहायक प्राचार्यमा नियुक्त गरेको हो । 

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई सञ्चालित कलेजको शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सहायक प्राध्यापक नियुक्त गरिएको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिनुभयो । लामो समयदेखि कलेजको शैक्षिक उन्नयनमा सक्रिय सह–प्राध्यापक केसीलाई बिहीबार प्राचार्य दुर्गाप्रसाद भण्डारीले पदभार गराउनु भएको थियो । 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा इन्जिनियरिङ विधाका सात वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स कम्युनिकेशन, कम्प्युटर, सिभिल फर डिप्लोमा होल्डर्स र आर्किटेक्ट विषयमा अध्यापन हुने गरेको छ । 

कलेजले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई अधिकतम छात्रवृत्तिहरु दिने गरेकाले पनि यहाँ विद्यार्थीको आकर्षण रहेको छ । हाल कलेजले स्थानीय छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टप, सेमेष्टर टपर छात्रवृत्ति उपलब्ध छ । यसका अलावा कलेजले भर्ना हुने विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था मुुल्यांकन गरेर पनि विभिन्न छुटहरु दिने गरेको छ । कलेजका अनुसार हरेक वर्ष करिब १५ करोडको छात्रवृत्ति मात्र दिइन्छ ।

नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका इन्जिनियरिङ कलेज मध्येकै उत्कृष्ट कलेज हो । कलेजको शैक्षिक, प्राज्ञिक र प्रशासनिक तथा पूर्वाधारहरु हेरेर २०६० सालदेखि स्थायी अनुमति समेत प्रदान गरिरहेको छ । 

शहरी कोलाहलदेखि बाहिर शान्त तथा हरियाली वातावरणमा अवस्थित कलेजले विद्यार्थीहरुको सिकाईका लागि पूर्णकालिन शिक्षक शिक्षिकाहरुको व्यवस्था गरेको छ । साथै, यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले युरोप, जापान, अष्ट्रेलिया जस्ता विकसित देशका प्रतिष्ठित कलेजमा छात्रवृत्ति पाएर अध्ययन गर्ने मौका समेत पाउने गरेका छन् । 













0 प्रतिकृया