Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


सुनसरीको दुहबीमा विभिन्न पार्टी परित्याग गरी ५५० बढी एमालेमा प्रवेश

एक्सन खबर
कार्तिक, २९, २०८१


सुनसरीको दुहबीमा विभिन्न पार्टी परित्याग गरी ५५० बढी एमालेमा प्रवेश

सुनसरी । दुहबी नगरपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी ५५० जना बढी नेता, कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । आज त्यहाँ आयोजित एक कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा र जसपा परित्याग गरी पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । 

जस अन्तर्गत दुहबी वडा नं ४ बाट जसपा दुहबी नगर कमिटीका अध्यक्ष हकिम मियाको नेतृत्वमा दीपक ढकाल, सन्तोष बराल लगायत ३०० जना, त्यसैगरी दुहबी वडा नं ६ का पूर्व वडा अध्यक्ष, राप्रपा नेपालका सुनसरी निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय उपसभापति मुन्ना हलुवाईको नेतृत्वमा २४० जना, दुहबी वडा नं ६ का नेपाली काँग्रेसका अगुवा कार्यकर्ता सोगारत ठाकुर सहित १५ जना अगुवा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् । 

सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद भगबती चौधरीको प्रमुख आतिथ्य तथा दुहबी नगर कमिटी अध्यक्षको अगुवाइमा, नेकपा एमाले सुनसरी जिल्ला कमिटी कार्यवाहक अध्यक्ष, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यहरूको उपस्थितिमा दुहबीमा आयोजित एक कार्यक्रमका बिच उनीहरूलाई पार्टी प्रवेश गराइएको हो । 

त्यस अवसरमा बोल्दै पूर्वमन्त्री तथा सांसद भगबती चौधरीले मुलुकको समृद्धि नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताउनु भयाे । उहाँले एमाले जनताको सुख, दुखमा सधैँ साथै रहेको भन्दै मुलुकको विकासको नेतृत्व एमालेले गर्दै आएको स्पष्ट पार्नुभयाे । पूर्वमन्त्री समेत रहनुभएकी सांसद चाैधरीले २०८४ सालकाे निर्वाचनमा एमालेलाई दुइ तिहाई बहुमत हासिल गर्नबाट कसैले राेक्न नसक्ने दावी पनि गर्नुभयाे ।  


















0 प्रतिकृया