Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


बढ्याे डिजल र मट्टीतेलकाे मुल्य (सूचिसहित)

एक्सन खबर
कार्तिक, ३०, २०८१




बढ्याे डिजल र मट्टीतेलकाे मुल्य (सूचिसहित)

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो । पेट्रोलको मूल्‍य भने बढाइएको छैन ।

बढेकाे मुल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ ।

सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् मूल्यसूची : 














0 प्रतिकृया