केएमसीमा बालबालिकाको सम्पूर्ण राेगकाे विशेषज्ञ सेवा सुरू
एक्सन खबर
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा मंसिर १ गतेदेखि बालबालिकाहरुको लागि विशेषज्ञ सेवा सुरु गरेको छ । स्वास्थ्य सेवामा भित्रिएका नविनतम स्वास्थ्य उपकरणयुक्त केएमसीले बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि विशेषज्ञ स्वास्थ्यकर्मी सहित विशेषज्ञ सेवा सुरु गरेको हो ।
नेपाली कांग्रेसका प्रभावशाली सांसद समेत रहेका डाक्टर सुनिलकुमार शर्माको केएमसीमा उमेर नपुग्दै जन्मिने शिशुदेखि बालबालिकाको जस्तोसुकै रोगको सफल उपचार गर्ने श्रोत साधन रहेको छ । केएमसीले नवजात शिशु तथा बाल रोगका लागि आधा दर्जन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरेको छ । ‘बालबालिकाहरुको जस्तोसुकै रोगको सफल उपचारका लागि हामीसँग डिएम, एमसिएच गर्नुभएका वरिष्ठ चिकित्सकहरु हुनुहुन्छ ।’ केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले बताउनु भयो ।
बाल रोग विभागमा एशोसिएट प्रोफेसर डा. स्मृति माथेमा, पिजिआई चण्डीगढबाट पेडियाट्रिक न्यूरोलोजीमा डिएम गर्नुभएका डा. सन्तोष मिश्रा, ग्याष्ट्रोइन्ट्रोलोजी एण्ड हेपाटोलोलीमा चण्डीगढबाटै डिएम गर्नुभएका डा. दिलिप न्यौपाने, नयाँ दिल्ली एम्सबाट एमडी गर्नुभएका डा. धिरेन्द्र प्रसाद यादव, त्रिटिकल केयरका लागि डा. पुष्पराज अवस्थी, वरिष्ठ बाल रोग विशेषज्ञहरु डा. सुनिलराजा मानन्धर, डा.गणेशकुमार राई, डा. पावना कायस्थ, डा. अनुप श्रेष्ठ हुनुहुन्छ ।
केएमसीमा बालबालिकाहरुको लागि पिआईसियू, एचडियू, एनआइसियू जस्ता अत्याधुनिक प्रविधियुक्त विभागहरु रहेका छन् । इमरजेन्सी, जनरल ओपिडी सहित हरेक युनिटमा विशेषज्ञ डाक्टरहरु व्यवस्थापन गरेकाले पछिल्लो समय केएमसी बाल रोगको रेफरल सेन्टरका रुपमा विकास भएको छ । ‘बालबालिका तथा नवजात शिशुहरुको जस्तोसुकै स्वास्थ्य उपचार गर्न हामी सक्षम छौं । प्यारालाइसिस भएका, टाउकोमा चोट लागी अचेत भएका, पेट तथा कलेजको समस्याबाट आक्रान्त, अटिजम, नसा तथा मस्तिष्कघात सम्बन्धी सम्पूर्ण उपचारहरु हामी सर्वसुलभ शुल्कमा गरिरहेका छौं ।’ केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत दाहाल भन्नुहुन्छ ।
त्यसो त केएमसीलाई नेपालकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन सांसद सुनिल शर्माले अत्याधुनिक प्रविधिहरु भित्र्याउनु भएको छ । समाजसेवा, स्वास्थ्य सेवा र राजनीतिलाई एकसाथ अगाडी बढाउँदै आइरहनु भएका सांसद शर्माको केएमसीमा अत्याधुनिक थ्री टेस्ला एमआरआई, क्याथ ल्याब, मिर्गौला प्रत्यारोपण सेवाहरु विस्तार गरिएको छ । साथै, केएमसीमा आउँदा दिनहरुमा क्यान्सर रोगको उपचार सेवा पनि विस्तार हुने क्रममा रहेका छन् ।
0 प्रतिकृया