Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


नेपाल मेडिकल कलेजको अस्पताल निर्देशकमा प्रा.डा. उपाध्याय

एक्सन खबर
मंसिर, ५, २०८१


नेपाल मेडिकल कलेजको अस्पताल निर्देशकमा प्रा.डा. उपाध्याय

काठमाडौं । नेपाल मेडिकल कलेजको अस्पताल निर्देशकमा प्रा.डा. निलमणी उपाध्याय नियुक्त हुनुभएको छ । कलेज सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकको निर्णय अनुसार प्रा.डा. उपाध्यायलाई तीन वर्षका लागि अस्पताल निर्देशकमा नियुक्त गरिएको हो । 

यसअघि अस्पताल निर्देशकको रुपमा रहनुभएका प्रा.डा. मोदनाथ मरहठ्ठा कलेजको प्रिन्सिपल पदमा नियुक्त भएपछि प्रा.डा. उपाध्यायलाई सो पदमा नियुक्त गरिएको हो । नवनियुक्त अस्पताल निर्देशक प्रा.डा. उपाध्याय कलेजको एनेस्थेसिया विभागमा कार्यरत हुनुहुन्छ ।

आज एक कार्यक्रमका विच कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीको उपस्थितिमा प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त अस्पताल निर्देशकलाई नियुक्ति पत्र दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । डा. यासमिनले कलेजको स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउन अस्पताल निर्देशकको भूमिका महत्वपूर्ण रहने बताउँदै डा. उपाध्यायले सबैलाई मिलाएर अगाडी बढ्ने अपेक्षा गरिएको बताउनु भयो । 

यस्तै, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारीले नवनियुक्त अस्पताल निर्देशकलाई सफलताको शुभकामना दिँदै अस्पतालको स्वास्थ्य सेवा बलियो बनाउन सबैको सहकार्य र सामुहिक भावना अपरिहार्य रहेको बताउनु भयो । 

कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयहरुलाई एक साथ अगाडी बढाउन अस्पताल प्रशासन, कर्मचारी र सञ्चालक विच एकताको भावना विकास हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आउँदा दिनहरुमा कलेजमा नयाँ नयाँ स्वास्थ्य सेवाहरु थप गर्ने योजनाहरु रहेकोले अस्पताल निर्देशकको भूमिकामा प्रा.डा. उपाध्यायले निर्वाह गर्ने भूमिकाले कलेजको गरिमा बढ्ने अपेक्षा गर्नुभयो । 

नवनियुक्त अस्पताल निर्देशक प्रा.डा. उपाध्यायले सबैकाे सल्लाह र सुझाव अनुरूप सबैलाई मिलाएर सामुहिक भावना अनुरूप कार्य सम्पादन गरी अस्पतालकाे गरिमा बढाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । 

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, मेट्रोन नविना सिंह लगायतले नवनियुक्त अस्पताल निर्देशक प्रा.डा. उपाध्यायलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 
















0 प्रतिकृया