Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


सांसद सुनिल शर्मा र जापानी सांसद कुबोटाविच भेटघाट

एक्सन खबर
मंसिर, ६, २०८१


सांसद सुनिल शर्मा र जापानी सांसद कुबोटाविच भेटघाट

काठमाडाैं । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता मा  डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासँग भेटघाट गर्नु भएको छ । जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो ।

गैरआवासीय नेपाली संघ एनआरएनका नेता नेपाली कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ  बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राख्नु भएको थियो । 

सांसद शर्माले जापानले नेपालको विकासमा ठुलो गरेको सहयोग गरेको बताउदै जापान नेपालको ठूलो विकास साझेदार देश रहेकोले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गर्नुभएको छ ।   

दुई सांसद बिचको भेटमा सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफु आतुर रहेको बताए । ‘तपाई नेपाल आउनु भयो भने बुद्धको जन्मस्थल लुम्बिनीमा लगेर तपाईसँगै म पनि ध्यान गर्छु, त्यसबाट शान्ति र आनन्द प्राप्त हुन्छ ।’ सांसद शर्माले कुबोटालाई भन्नु भयो । 

भेटमा मोरङकाे मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष बबि कुमार राई, नेपाली जनसम्पर्क समितिका सह महामन्त्री तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।















0 प्रतिकृया