नेपाल मेडिकल कलेजमा टर्कीको विश्वविद्यालयका प्राध्यापकद्वारा लेक्चर
एक्सन खबर
काठमाडौं । कलेज अफ डेन्टल साइन्स एण्ड हस्पिटल–नेपाल मेडीकल कलेजमा टर्कीका प्राध्यापक डाक्टर तुग्रुल अल्टेले एक दिने लेक्चर दिनुभएको छ ।
सोमबार कलेजको डिपार्टमेन्ट अफ प्रोस्थोडनटिक्सले आयोजना गरेको कार्यक्रममा टर्कीको गिर्ने विश्वविद्यालयका दन्त चिकित्सा संकायका प्रा.डा. अल्टेले विद्यार्थी तथा इन्टर्नहरुलाई डेन्टल प्रयोगशालामा हुने कामहरूका बारेमा लेक्चर दिनुभएको हो । दन्त चिकित्सा पेशामा आफुले हासिल गरेका ज्ञान र अनुभवहरु साट्दै उहाँले विद्यार्थीहरुलाई उत्प्रेरणा दिनुभएको थियो ।
कार्यक्रममा नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. साबिहा यासमिनले प्रा.डा. अल्टेलाई मायाको चिनो प्रदान गर्दै दन्त चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुको ज्ञान र सीपको विकासका लागि समयसमयमा विशेषज्ञहरु बोलाउने बताउनु भयो । दन्त चिकित्सा क्षेत्रमा भित्रिएका नविनतम उपचार विधिहरु अङ्गाल्दै नेपाल मेडिकल कलेजको दन्त रोग विभागलाई अत्याधुनिक र सक्षम बनाउन ब्यवस्थापन पक्ष लागि परेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा कलेज अफ डेन्टल साइन्स एण्ड हस्पिटलका डाइरेक्टर प्रा.डा. प्रकाश भट्टराई, विभागका प्राध्यापक, विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीहरुको सिकाईका लागि कलेजले समयसमयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका लेक्चरलहरु बोलाउने गरेको छ ।
0 प्रतिकृया