बीआरआईका विषयमा खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : शेखर कोइराला
एक्सन खबर
बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिआरआईका बिषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
कोइरालाले बिआरआईका बिषयमा कांग्रेस-एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।
बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील बिषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन् । बिआरआईका बिषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनिहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली यहि १७ गते चीन भ्रमणमा जाँदैछन् । भ्रमणमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनमा विशेष छलफल हुने जनाइएको छ । नेपालले ७ वर्षअघि नै बीआरआई परियोजनामा सहमति जनाइसकेको भएपनि मोडालिटीका विषयमा छलफल नभएकाले सम्झाैता हुन सकेको छैन ।
सत्तासाझेदार दल नेपाली कांग्रेस र एमाले यो विषयमा एकमत भइनसकेकाले बीआरआई परियाेजना के गर्ने टुंगाे लागेकाे छैन । यद्यपि, चिनियाँ पक्ष प्रधानमन्त्री ओलीकाे भ्रमणमा याे विषय टुंग्याउने पक्षमा रहेकाे छ ।
0 प्रतिकृया