अपाङ्गता दिवसमा लायन्स क्लब अफ काठमाडौं एनएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय दिवसका अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५जी अन्तरगत लायन्स क्लब अफ काठमाडौं एनएमसी डक्टर्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स क्लब अफ नेपाल मेडिकल कलेजले जोरपाटी, नारायणटारस्थित खगेन्द्र नवजीवन कलेजमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब १५० जना विद्यार्थीको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरियो ।
स्वास्थ्य शिविरको प्रमुख अतिथीमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै मेयर रिसालले नेपाल मेडिकल कलेजले पछिल्लो समय समुदायसँग जोडिएर गरेका स्वास्थ्य कार्यक्रमको प्रशंसा गर्नुभयो । नगरपालिका र कलेजविच गोकर्णेश्वर नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न गरिएको सम्झौताले नगरबासीको स्वास्थ्य उपचारमा ठूलो टेवा पुगेको जिकीर गर्नुभयो । उहाँले कलेजसँग अन्य संघसंस्थाहरुले पनि सहकार्य गरेर जानुपर्ने बताउँदै आउँदा दिनहरुमा कलेजको श्रीवृद्धिमा नगरपालिका सहकार्य गरेरै अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल मेडिकल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारी रहनु भएको थियो । उहाँले जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेज तत्पर रहेको बताउँदै नगरबासीको लागि स्वास्थ्य बीमा ल्याइएको बताउनु भयो । स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि कलेजले सबै संघ संस्था र निकायहरुसँग सहकार्य गर्ने उल्लेख गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले जनस्तरबाट पनि कलेजको विकास, विस्तार र प्रवद्र्धनमा सकारात्मक सहयोग गर्नुपर्ने बताउनु भयो । आउँदा दिनहरुमा समााजिक संघसंस्थाहरुसँग सहकार्य गरेर कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो ।
३२५ जीको रिजन चेयरपर्सन समेत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत ज्याेति खड्काको समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा विद्यार्थीहरुको दाँत तथा आँखा परिक्षण, जनरल मेडिसनबाट स्वास्थ्य जाँच गरी बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरिएको थियो ।
0 प्रतिकृया