सांसद शर्माकाे निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा, ७६५ जना लाभान्वित
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ७६५ जना बिरामी लाभान्वित भएका छन् । सांसद शर्माकाे पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी)को स्वास्थ्य टोलीले भक्तपुरमा सञ्चालन गरेकाे निःशुल्क स्वास्थ्य शिविरबाट ७६५ जना लाभान्वित भएका हुन् ।
स्थानीय सुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा देउजा गाउँ आधारभूत विद्यालयमा आयोजित शिविरमा १०१ जनाको ल्याब परीक्षण, ३५ जनाको ईसीजी, ८५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । शिविरमा १३ जनाको दाँत खोलिएको थियो भने ३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।
शिविरमा नाक कान घाँटी, आँखा राेग, दन्त राेग, जनरल मेडिसिन, नसा तथा हाडजाेर्नी, स्त्री राेग, बाल राेग लगायतकाे सेवाहरू दिइएकाे छ । सांसद शर्माले जनतालाइ घरदैलाेमै निःशुल्क स्वास्थ्य सेवा पुर्रयाउने अभिप्रायले निःशुलक स्वास्थ्य शिविर सञ्चालन गर्नु भएकाे हाे । शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न नागरिक बढी लाभान्वित भइरहेक छन् ।
0 प्रतिकृया